गोपाल फ्युबा,धादिङ दार्खा । भूकम्पले तहसनहस भएको दर्खाको बृचेत माविलाई संरचना पुनर्निर्माणको लागि २ लाख ७५ हजार १ सय ११ रूपैया सहयोग जुटेको छ ।
धादिङ नुवाकोट यूके समाजको तर्फबाट महासचिव हरिसिङ गुरूङले एक विशेष कार्यक्रम माझ दुईलाख चौबिस हजारको चेक ब्रिचेत माविका प्रअ जङ्गबहादुर तामाङलाई हस्तान्तरण गर्नु भयो । सोही क्रममा यूके निवासी ब्रिचेत माविका पूर्व शिक्षिका तथा कार्यक्रमका अतिथि ज्ञानु तामाङ (गुरूङ) ले एकावन्नहजार एक सय एघार रूपैया सहयोग गर्नु भएको छ ।
शिक्षक अभिभावक संघका अध्यक्ष सुकबहादुर तामाङको सभापतित्वमा सम्पन्न विषेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतीथि समाजसेवी गुरूङले भूकम्पले तहसनहस बनाए पनि सहयोगी हातहरूको साथमा आफू लागि पर्ने बताउनु भयो ।
यस अघि गुरूङकै अगुवाइमा भूकम्प पिडित दार्खाका चौधसय बढी घरधुरीलाई बीस लाख बराबरको राहत सामग्री समेत वितरण गरिएको थियो । कार्यक्रममा गायक युबि मङ्ग्रेसाको समेत प्रस्तुति थियो ।