हा ! हा !! नयाँ शक्ति !

Avatar photo
Dhadingpost
सोमवार, मंसिर ७, २०७२

badri prasad dahal
कस्को शक्ति र भक्ति गर्न अहिले , ‘आशक्ति ‘ खोज्दै हिड्यौ ?
नौलो शक्ति भनेर ढोलक बज्यो , आरक्षी वा भक्षी हौ ? ।।

शङ्का मान्दछ बाबु ! देश — जनता , हुस्सू नठान्द्यौ अब ।
नौलो शक्ति बनाउने भ्रम छरी , रक्सी नबाड्दौ ‘शव’ ।। १।।

रामै राम भनी हराम नबने , आराम नै प्रेय हो ।
भुत्राको नव — शक्ति बन्दछ यहाँ ? मौनै बसे श्रेय हो ।।

देख्यौ जे रमिता हिजो मुलुकमा , ‘पाखण्ड’ आकण्ठ भो ।
नौलो शक्ति बनाउने भ्रम सबै , पक्कै ‘ गला —गण्ड ‘हो ।। २।।

बद्रीप्रसाद दाहाल
नीलकण्ठ नगरपालीका धादिङबेसी