युएईमा दनुवे लाइन्स माथि नेपालको शानदार जित

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक २६, २०७२

Capture13२६ कात्तिक– विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका लागि युएई भ्रमणमा रहेको नेपालले स्थानिय दनुवे लाइन्स क्लबलाई १४ रनले हराएको छ ।
खेलमा टस जितेर ब्याटिङ्ग गरेको नेपालले २९ ओभरमा ५ विकेट गुमाउँदै १७९ रन बनाएता पनि डिल एल मेथोडका आधारमा लाइन्सले २०८ रनको टार्गेट पाएको थियो ।
नेपालका लागि सागर पुनले अर्धशतक बनाउँदै ५१ बन बनाए । उनले ५२ बलमा ६ चौका प्रहार गरे ।
खेलको अन्त्यतिर गएका पृथु बास्कोटाले ९ बलमा १८ रन हाने । त्यस्तै नेपालका लागि शरद भेषावकर २७, महेश क्षेत्री २४, पारस खड्का २१ र नरेश बुढाऐर १६ रनमा रन बनाए ।

जवाफी ब्याटिङमा दनुवे लाइन्सले २८.५ ओभरमा १९३ रन बनाउँदै अल आउट भयो । उसका लागि विस्फोटक ब्याटिङ गर्दै समउल्लाले २७ बलमा ६० रन बनाए । त्यस्तै, मोहम्मद इमरानले ४२ बलमा ३९ रन बनाए ।

नेपालका लागि कर्ण केसीले ६ ओभरमा ४६ रन खर्चेर ३, पार खड्काले ५.५ ओभरमा ३१ रन खर्चेर २, इर्शाद अहमदले ५ ओभरमा ३४ रन खर्चेर २ तथा शक्ति गौचनले ६ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए ।