डायरीको पानाबाट..

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक २५, २०७२

aतिम्रो त्यो सहरमा पनि विस्तारै चिसो बढ्दै होला । मेरो मन जस्तै गरी तिहार नजिकिँदै गर्दा । झोला भरी सपना र रहरका भारी बोकेर विदेश पसेका हजारौं थान मनहरु पनि त्यसरी नै चिसिंदै छन् घर सम्झिँदै । विस्तारै जाडो बढ्दै गर्दा पोहोर साल तिहार पछि तिमीले दिएको त्यो गलबन्दी यसपालि तिहार अगावै गलामा बेरेर हिड्न थालेको छु ।
हरेक दिन बिहान बाहिर निस्कने बेलामा तिम्रै झ–झल्को दिईरहन्छ त्यही एक थान फिर्ता गर्न भुलेको गलबन्दीले ।
अचेल तिम्रो याद भन्दा पनि देशको मायाँले ऐठन भएर आउँछ । यस वर्षको सुरुवातमा नै मेरो देशले ठूलो संकट भोग्नुप¥यो । हामीले हाम्रो धैर्यता गुमाएनौं एद्यपी । देशमा संविधान पनि जारी भयो । भव्य स्वागत ग¥यौं, दीपावली मनायौं । तर, देश खै ! मलाई उस्तै लाग्छ । चरम समस्याको बाबजुत पनि दशैंँ आयो अनि गयो । देशले नाकाबन्दीले समस्या भोग्दै गर्दा आएको दशैंले कत्तिलाई खुसी दियो दिएन भगवान आफैं जानुन् । गाउँभरी बारीको पाटाभरी तिमी र म संगैसंगै हिड्ने गरेको बाटोभरी अनि हाम्रो आँगनको डिलहरुमा यसपाली पनि उसै गरी सयपत्रि र मखमली फूलहरु फूलेका होलान् है ? अब अर्को वर्षको तिहार सम्ममा हरेक नेपालीको एउटा शान्त र समृद्ध नेपालको परिकल्पना पुरा हुनेछ । अनि भव्य दिपावली गरौंला । सँगसँगै बसेर । सबैजना मिलेर सद्भावले देउसी भैलो खेलौंला । शान्ति र सद्भाव मिसिएर फुलेका ति सयपत्रि र मखमलीका माला उनेर सबै नेपालीलाई त्यहि मालामा समेट्न सकिन्थ्यो । भने पो बल्ल तिहार आउँछ त । ति सप्तरंगी रंगहरुमा एक आपसमा सम्पूर्ण नेपालीहरुको सद्भाव देखियोस् । तँ पहाडी म हिमाली अनि ऊ त्यो चाँही मधेसी भन्ने मानसिकता मेटियोस् । यो अहिले फेसवुक र ट्वीटरमा देखिएको राष्ट्रियता सबै नेपालीको भित्री मनमा देखियोस् । अनि बल्लु खुसीका धुनहरु मनभित्रैबाट गुञ्जिन थाल्छन् र लाग्छ तिहार आयो ।
‘अब आउने साल हेर मेरो चन्द्र र सुर्य फर्फराउँछ’ अनि खुसी आउँछ । तब दिपावली आउँछ । अनि दीप जलाउँला । त्यो शान्ति र सद्भाव मिसिएर फुलेका ति मखमली र सयपत्रिका माला लगाऔला ति हार्दिकता र आत्मियता मिसिएका रंगहरुको टीका लगाउँला बल्ल तिहार मानको भान हुन्छ । दिदी ! सम्झना छ यो तिहारमा अनि सप्तरंगि टीका र मखमलीका माला पनि अर्को वर्ष लगाउऔला । अनि दिल खोलेर शुभकामना दिऔँलो सबैलाई ।
एनि वे लभ यू जिन्दगी
– उही अमृतराज (हाल ब्याङ्लोर)