बहिनीलाई !

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक २५, २०७२

badri prasad dahal

प्यारी बैनी , नरुनु दिलको दर्दलाई सम्हाल ।
होला पक्कै , मिलन बहिनी , आसु ऐले नझार ।।
ढाका टोपी ,कुसुम — मसला , सेल मिठ्ठाइ देख्दा ।
हिक्का छोड्दै , विचलित न ह्वौ , दाजुभाइ नदेख्दा ।।

टोलाएरै नबस बहिनी ! कर्म नै जिन्दगी हो ।
लोलाएरै निरस नबने , मर्म नै जिन्दगी हो ।।
सम्झीरन्छौ ,सह — उदरकी ,स्नेहकी पात्र बैनी ।
हिक्का रोके , बुझक अनुजा ! बुध्दिमानी विवेकी ।। २।।

बद्रीप्रसाद दाहाल
नीलकण्ठ न.पा. धादिङबेसी