युएईमा नमस्ते ट्राभलको शाखा विस्तार हुँदै

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक १६, २०७२

लक्ष्मण खनाल,
नमस्ते ट्राभल एण्ड टुरिजम युएईले शाखा विस्तार गर्ने भएको छ ।
नेपालीहरुको लगानीमा विगत २ बर्ष देखी युएईको बरदुबईमा सञ्चालनमा आएको नमस्ते ट्राभल एण्ड टुरिजमले युएईको राजधानी अबुधावी र दुबईको अलकुजमा शाखा सञ्चालनको अन्तिम तयारीमा पुगेको छ ।
namasteनेपालीहरुले घर जाने आउने क्रममा नेपालीहरुले दुख सास्ती झेल्न नपरोस भनेर सधै सजक रहेको र त्यही कारणले आफुहरु छोटो समयमा धेरै नेपाली माझ परिचित बन्न सकेको जानकारी दिदै नमस्ते ट्राभलका सञ्चालक नानुकाजी अर्यालले सेवाग्राहीको आग्रहमा नै आफुहरुले दुबइको अलकुज र अबुधावीमा सेवा विस्तार गर्न लागेको जानकारी दिनुभयो । अहिले नेपालबाट पनि शाखाको रुपमा नमस्ते सनसिटी ट्राभल एण्ड टुर्स काठमाण्डौ बाट नेपालमा सेवा पु¥याउदै आएको छ भन्दै अर्यालले सिंगापुर, मलेसिया, थाइल्याण्ड, लगायत युरोपका टुरिष्ट गन्तव्यहरुमा सस्तो र सुलभ दरमा समुह भ्रमणको व्यवस्था रहेको र नेपालीहरुलाई युएई भ्रमण को लागि टुर्स प्यकेज उपलव्ध गराउदै आएको पनि बताउनुभयो । साथै उहाँले निकट भविष्यमा नै युएइका सबै इमिरेटस् मा सेवा विस्तार गरेर पारिवारिक बातावरणमा सेवालाई अझै प्रभावकारी बनाइने जानकारी गराउनु भयो ।
बैदेशिक रोजगारीको लागि युएईमा आउने नेपालीहरुको बढ्दो क्रम र त्यही क्रममा हवाई टिकट र भिजीट भिजा सम्बन्धि आउने विभिन्न प्रकारका समस्या हरुलाई समाधानमा सहयोग गर्न आफुहरु सधै तत्पर रहेको अर्का सञ्चालक एकेन्द्र थापा बताउनु हुन्छ । साथै उहाँले नमस्ते ट्राभलले टिकट काट्ने काम मात्र नगरेको, युएईमा रहेका नेपालीहरुलाई यहाँको कानुन सम्बन्धि जनचेतना अभिबृद्धि गर्ने, बैदेशिक रोजगारीमा आउन सक्ने विभिन्न समस्याहरुका कारणहरु, त्यसको निराकरणका उपायहरुको बरेमा सुसुचित पनि गर्ने गरेको र यो प्रक्रियालाई एउटा अभियानको रुपमा लगिने तयारीमा पनि आफुहरु रहेको बताउनुभयो ।
नमस्ते ट्रभल युएईमा नेपालीहरुले गर्ने विभिन्न समाजिक साँस्कृतिक कार्यक्रम सम्पन्न गर्न सहयोगीको रुपमा अग्रणी रुपमा देखिन्छ भने नेपालमा आइपरेका दैविप्रकोप, प्राकृतिक प्रकोपमा खुलेर सहयोग गर्ने, युएईमा समस्यामा परेका नेपालीहरुलाई घर फिर्तीको लागि सहयोग गर्ने कार्यमा नमस्ते ट्रभल अग्रसर रहेको देखिन्छ ।
छोटो समयमा नेपाली सेवाग्राही माझ पुग्न सफल नमस्तेले यहाँ रहेका नेपाली हरुलाई घर जान आउनको लागि हवाई टिकट, युएई भ्रमण, भिजिट भिजा लगायतका सेवाहरु दिदै आइरहेको छ ।