होला सबैको खति ?

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक १४, २०७२

badri prasad dahal
झन्झन् दूर बन्यौ प्रधान दल हो ! सम्बन्ध टुट्दै गयो ।
सत्ता केन्द्रमुखी बन्यौ जब यहाँ , सम्बन्ध छुट्ने भयो ।।
उत्रेला नव — सम्विधान कसरी ? अभ्यास —आचारमा ।
सोच्द्यौ ब्रम्ह विवेकले दलहरु ! जुट्द्यौ नयाँ धारमा ।। १।।

खुट्टा तान्न नलाग है दलहरु ! बिर्स्यौ बितेका दिन ?
पुत्ला बन्न हुँदैन शक्तिग्रिहले , मुन्ट्याउछन् छिन्छिन ।।
भोग्यौ मित्र छिमेक देश सबका , निन्दा प्रशम्सा घ्रिणा ।
उस्तै टुट्फुटमा गयौ यदि भने , फैलाउनेछन् फणा ।। २।।

बद्रीप्रसाद दाहाल
धादिङबेसी