छोपी ओरी लुगा लाउने गर अब बानी,
छोप्नु पर्ने कुरालाई त छोप्नै पर्छ नानी ।
कथा पनि क्या भिखारी तिम्रै लुगा माग्ने,
६० बर्षे बुढा पनि तिम्रै पछी लाग्ने ।
छोटै लुगा किन्नु पर्ने किन छानी छानी ?
छोप्नु पर्ने कुरालाई त छोप्नै पर्छ नानी ।
फेरी यस्तो गजल मैले लेख्नु नपरोस,
तिम्रो भित्री गन्जी बाहिर देख्नु नपरोस ।
छोप्दैमा के रित्तिन्छ र त्यो रूपको खानी ?
छोप्नु पर्ने कुरालाई त छोप्नै पर्छ नानी ।
बैंश आको छ भन्दैमा उम्लिएर हुन्न,
पोखिएर झरेपछि कसैले नि छुन्न
मैले भन्या कुरा मान राम्रो अर्ति ठानी
छोप्नु पर्ने कुरालाई त छोप्नै पर्छ नानी ।
छोपी ओरी लुगा लाउने गर अब बानी
छोप्नु पर्ने कुरालाई त छोप्नै पर्छ नानी ।
– मुरारी अर्याल
सरस्वतिनगर , काठमाडौं