धादिङका दिलबहादुरको मलेसियामा मृत्यू

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक ३, २०७२

मलेसिया । रोजगारीका लागि मलेसिया गएका नीलकण्ठ नगरपालिका दिलबहादुर गुरुङको मलेसियामा मृत्यू भएको छ । गुरुङको सोमबार सुतेकै ठाउँमा मृत भेटिएका हुन् ।

११ महिना अघि काठमाडौंको एक म्यानपावर कम्पनीलाई एक लाख ४० हजार रुपैयाँ बुझाएर आएका गुरुङ मलेसियाको शाहआमको तोङनाम ट्रान्पोर्ट कम्पनीमा कार्यरत हुनुहुन्थ्यो । गुरुङको सोमबार सुतेकै ठाउँमा ज्यान गएको उहाँसँगै काम गर्ने जीवन नेपालले जानकारी दिनुभयो ।

आइतबार बेलुकासँगै खाना खाएर सुतेको र सोमबार बिहान काममा जानका लागि उठाउन जाँदा गुरुङ मृत अवस्थामा भेटिएको जीवन नेपालले बताउनुभयो ।