भद्र सहमति !

Avatar photo
Dhadingpost
शनिबार, अशोज २३, २०७२

badri prasad dahal

बिर्स्यौ तिम्ले विगत दिनका , भद्र सल्लाह आज ।
नेपालीका अधिक मनले , भन्दछन् छैन लाज ?
माथा चुम्दै इजत जसरी , आर्जियौ सन्त नेता ।
फेदी पुग्दै , धुल धुसर भो , के गर्यौ सन्त नेता ?

जल्ले यत्रो तिकडम चिरी , सम्विधानै सजायो ।
त्यस्तो मान्छे , सहमति भुली , बेसरी नै ढटायो —
भन्छन् सब्बै , मति खति भयो , सादगीका सुशील ।
बिर्स्यौ आफ्ना , वचन कसरी ? भन्न थाले कुटील ।।

बद्री प्रसाद दाहाल, नीलकण्ठ नगरपालिका धादिङ
प्रकाशित मिति ०७२ असोज २३