‘सुब्बा साब’ को छायांकन जारी

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज ८, २०७२

subba sab6एजेन्सी । राजु अधिकारीको निर्देशन निर्माण भैरहेको चलचित्र ‘सुब्बा साब’ को छायांकन यति बेला बुटवल र भैरवहाको विभिन्न ठाउमा भै रहेको छ । पारिवारिक कथामा निर्माण भएको चलचित्र ‘सुब्बा साब’ निजामति कर्मचारी सुब्बाको इमान्दरिता र राष्ट्रसेवासँगै सन्तानप्रतिको माया र दायित्व नै को मुख्य कथा हो ।
पूर्ण रुपमा पारिवारिक कथामा निर्माण भएको यस चलचित्रमा नया पुराना चलेका ठुला स्टारहरुको अभिनय रहेको छ । चलचित्रमा जीवन लुईटेल,सरोज खनाल, गौरी मल्ल, गणेश उप्रेती, बर्षा सिवाकोटि,महिमा सिलवाल जान्बी बस्नेत, दिपक ढकाल, अर्जुन गौतमको मुख्य भूमिका रहेको छ । चलचित्रलाई जीवन अर्याल र रामबहादुर कोइरीले निर्माण गर्न लागेका हुन ।
मौनता श्रेष्ठको पटकथा, हिरामणि न्यौपानेको कथा तथा संगीत र पवन गौतमको छायांकन रहेको चलचित्र ‘सुब्बा साब’ करिब तिस प्रतिशत सकिएको छ ।
बुटवल र भैरवहाको गर्मि र बन्द हड्तालले गर्दा चलचित्रको छायांकन सोचे जस्तो न भए पनि चलचित्रमा कलाकारको अभिनय र चलचित्रको कथा बस्तुले चलचित्र एकदमै राम्रो भनेको चलचित्रका निर्देशक राजु अधिकारीले बताउनु भयो ।
चलचित्रका केन्द्रिय पात्र सुब्बा अभिनेता सरोज खनालले चलचित्र एकदमै राम्रो बनेको तर यहि बेला चितवनमा चलचित्र नाई न भन्नु ४ मा समेत समय दिनु परेकोले आफुले समय मिलाउन गारो परेको बताउनु भयो ।तेस्तै नायक जीवन लुइँटेलले चलचित्र सोचेको भन्दा राम्रो बनेकोले आफुले यस चलचित्र बाट धेरै आशा गरेको समेत बताउनु भयो ।
अभिनेत्री गौरी मल्लले नया पुराना कलाकार सग काम गर्दा एकदमै लागेको साथै चलचित्र उत्कृस्ट बन्नेमा आफुले बिस्वस्त रहेको बताउनु भयो ।