भावी उपकुलपतिका पुकारा ?

Avatar photo
Dhadingpost
मङ्लबार, साउन २६, २०७२

badri prasad dahalप्राडाको पगरी भिरे पनि सधैं , झन्डा लिएरै कुद्यौ ।
तिम्रा घोर लडाईंका पथभरी , सम्घर्समा सुत्दियौ ।।
आज्ञापालक दासका सरह नै , पुत्ला बन्यौ हे प्रभू ।
पाउम् है कुलको सहायक पति , पर्वाङ्गी होस् सम्प्रभू ।। १।।

हामी बौध्दिक प्राज्ञ हौ तर यहाँ , आदेश मान्छौ सबै ।
जे छन् ब्रम्ह विवेक न्याय प्रतिभा , लुत्रुक्क हुन्छन् यसै ।।
पाउम् है कुलको सहायक पति , ब्रिफ्केश टक्र्र्याउछु ।
नाता गोत्र भरेर नै हजुरका , आदेश फक्राउछु ।। २।।

बेरोज्गार कयौ भरेर अगुवा , रोज्गार दिम्ला यहाँ ।
मेरो ब्रम्ह विवेक बन्दक गरी , चल्नेछु नेता यहाँ ।।
पाउम् है कुलको सहायक पति , पुत्ला बनी बस्छु म ।
पाउम् लुट्न मनग्य दिन्छु कमिसन् , यन्त्रै बनी बस्छु म ।। ३।।

बद्रीप्रसाद दाहाल
नीलकण्ठ नगरपालीका–३ धादिङ