इजरायल जान नयाँ मापदण्डः २५ वर्ष पुगेको, ५ फिट हाइट, ३८ केजी तौल

Avatar photo
Dhadingpost
मङ्लबार, साउन २६, २०७२

15081055israel-01काठमाडौं, २५ साउन– २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, ५ फिट हाइट भएको, ३८ केजीभन्दा माथि तौल भएको महिला वा पुरुष इजरायल जान पाउने सरकारले नयाँ मापदण्ड बनाएको छ ।

श्रम तथा रोजगार मन्त्रालयले इजरायल जानका लागि नेपाली कामदारको यस्तो मापदण्ड तय गरेको श्रमराज्यमन्त्री टेकबहादुर गुरुङका सल्लाहकार रमेश कोइरालाले जानकारी दिए ।

साथै मान्यताप्राप्त संस्थाबाट ३ महिना केयर गिभरसम्बन्धी तालिम लिनुपर्ने, इन्टरमिडिएट लेवलको अंग्रेजी भाषा जान्नुपर्ने पनि मापदण्डमा उल्लेख रहेको मन्त्रालयका निमित्त सचिव सूर्य श्रेष्ठले जानकारी दिए । श्रीमान, श्रीमती, छोराछोरी र आफन्त इजरायलमा भए त्यस्तालाई नपठाउने कोइरालाले बताए ।

इजरायल जानका लागि हिब्रु भाषा आवश्यक नभएको पनी मन्त्री गुरुङले बताए । इपीएस मोडेलमा दक्षिण कोरियाजस्तै इजरायलमा पनि कामदार पठाउन लागेको उनले बताए ।

इजरायलले ५ वर्षदेखि नेपाली कामदार लैजान रोक लगाए पनि गत शुक्रबारबाट केयर गिभरमा कामदार लैजान सम्झौता गरेको छ । पहिलो चरणमा दसैं अघि ६० जना नेपाली महिला कामदार त्यसतर्फ उड्ने छन ।