इमेलबाट पनि कविता प्रतियोगितामा भाग लिन पाईने

Avatar photo
Dhadingpost
आइतवार, साउन १७, २०७२

महेश पौडेल ।
युवा सात्यिकारहरूको राष्ट्रिय सञ्जाल विमर्श नेपालले १९ देखि ३० वर्षसमूहका युवा कविहरूका बीच राष्ट्रिय युवा कविता प्रतियोगिता गर्न लागेको छ ।
aaaaबुकआर्ट नेपाल र रिडमोर प्रकाशनको सहयोगमा सम्पन्न हुन लागेको उक्त प्रतियोगिता काठमाडौंको भृकुटीमाण्डपमा हुन गइरहेको बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी अन्तर्गत भाद्र ५ गते सम्पन्न गरिनेछ ।
इमेल bookartnepal2@gmail.com अथावा पोष्टबोक्स २५८५९ मा श्रावण २५ गतेसम्म प्राप्त कवितालाई ख्यातिप्राप्त कविहरू सम्मिलित निर्णयक मण्डलले मूल्याङ्कन गरी छनोटमा परेकाहरूका बीच वाचन प्रतियोगिता गराइनेछ ।
प्रथम, द्वितीय, त्रितीय र चतुर्थ स्थानका दुई कविहरूलाई क्रमश बीस, पन्ध्र, दस र पाँच–पाँच हजार रुपियाँ राशिका नगद पुरस्कार दिइने विमर्श नेपालका अध्यक्ष किरण भट्टले बताएका छन् ।
यस समूहमा यसप्रकारको राष्ट्रिय प्रतियोगिता पहिलोपटक आयोजना हुन लागेको बुकआर्ट नेपालले जनाएको छ ।