युएईमा रहेका गोरखालीहरुद्धारा आफुले अध्ययन गरेका विद्यालयलाई रकम प्रदान

Avatar photo
Dhadingpost
आइतवार, असार २०, २०७२

बिनोद श्रेष्ठ, दुबई, – गत बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको बिनाशकारी भुकम्पले क्षति पुर्याई पठन पाठन अबरूद्द भएका विद्यालयलाई युएईमा रहेका गोर्खाली नेपालीहरूले रू. पाँच लाख सहयोग गरेका छन्।

रोजगारीको शिलशिलामा युएईमा रहेका गोरखालीहरू मिलेर आफ्नो साझा संस्था गोरखा सेवा समाज युएई मार्फत राहत संकलन गरी उक्त सहयोग गरेका हुन्। बिगत लामो समय देखी युएईमा रहेर जिल्लामा मात्र नभई नेपाल र नेपालीको सेवामा खट्दै आएको यस संस्थामा रहेका भुतपुर्ब विद्यार्थीहरुले गोरखामा भुकम्पले भैतिक संरचना ध्वस्त भएका विद्यालयमा सहयोग उपलब्ध गराएको हो।

150703193उक्त विद्यालयमै अध्ययन गरेका र हाल आएर संस्थाका केन्द्रिय प्रतिनिधिहरू स्वंय उपस्थित भई रकम हस्तान्तरण गरिएको थियो। गोरखा जिल्लाको तिनवटै क्षेत्रमा समानुपातिक ढंगबाट बितरण गरिएको सो रकम रोजगारीको शिलशिलामा युएईमा बसोबास गर्ने नेपालीहरूबाट संकलन गरिएको जानकारी श्री चम्पावती उच्च माध्यामिक बिध्यालय हर्मीमा अध्ययन गरी हाल संस्थाका अध्यक्ष दिनेश पाण्डे जानकारी दिए ।

गोरखा क्षेत्र नं. १ अन्तर्गत श्री रामशाह उच्च माध्यामिक बिध्यालय मजुवा देउराली, सहिद स्मृति उच्च माध्यामिक बिध्यालय बुङ्कोट, कालिका प्रा.बि फुजेल, क्षेत्र २ का श्री चम्पावती उच्च माध्यामिक बिध्यालय हर्मी, परोपकार बहुमुखी क्याम्पस जौबारी ,जनज्योती निम्न माध्यामिक विद्यालय छोप्रक तथा क्षेत्र नंं. ३ अन्तरगत श्री बिन्द्रावती उच्च माध्यामिक बिध्यालय मसेल र श्री शैलापुत्री उच्च माध्यामिक बिध्यालय पाँचखुवा देउरालीमा सहयोग बितरण गरिएको थियो।

150703192बिदेशमा रहेर पनि आफु पढेको विद्यालयलाई सहयोग गर्न आइपुगेकोमा बिध्यालयका शिक्षक स्टाफ, बि ब्या.स का प्रतिनिधि साथै बिध्यार्थीहरू भएका छन् । सहयोग धनले नभई मनले गर्नु पर्छ भन्दै समाज सेवी तथा बिन्द्रावती उच्च माध्यामिक बिध्यालय मसेलका बि.ब्या.स सदस्य बिकाश श्रेष्ठले आर्थिक लाभ भएपनि ब्याक्तिबादी सहयोग भन्दा सामुहिक सहयोगको ठुलो महत्व हुने बताए।

बिन्द्रावतीले धेरै डाक्टर पाइलट, इन्जिनियर जन्माए । कयौ युरोप अमेरीका जस्ता सम्पन देशमा करोडौको जुँवा खेल्दै छन् । तर, आज यो स्कुल रोईरहदा आँशु पुछ्ने कोही भएन। सहयोगीलाइ ह्दय देखी नै स्वागत गर्छौ उनले भने। दुर्गम गाँउमा गएर आफुहरूले पढेको बिध्यालयमा सहयोग गर्न पाउदा बितरण समितीका पदाधिकारी शुरेश ढकाल र भीम श्रेष्ठ निकै हर्षित भए ।

भुकम्प पिडित बिध्यालय सहयोगार्थ श्री सगरमाथा कल्याणकारी संस्था युएई, बाग्लुङ् सेवा समाज युएई, पर्बत सेवा समाज युएई, ट्रान्स गार्ड सेक्युरिटी ए.टी.फ ग्रुप युएई र बरिष्ठ पत्रकार गितामणी पाण्डेको बिशेष पहल तथा समाज सेवी डम्बर बगाले सक्रियतामा बि एण्ड एस वल्ड सप्लाई र सोक्ररी हसन ट्रेडिङ् कम्पनिका कामदरहरूले आर्थिक सहयोग गरेका थिए। श्री सगरमाथा कल्याणकारी संस्था युएई उपाध्यक्ष माधब प्रसाद गैर्हेले आफुहरूले ठुलो रकम भन्दा पनि भाबनात्मक रूपमा सहयोगी भुमिका निर्बाह गरेको बताए।

उनले भने परदेशी भुमिबाट आफुले प्रदान गरेको रकम ठुलो नभए पनी सहभागिता जनाउन पाएकोमा खुशी छौ । स्मरण रहोस् गत महिना भुकम्प पिडित गृह जिल्लामा गोरखा सेवा समाज युएईले १० लाख बराबरको राहत उपलब्ध गराएको थियो।