युएईमा कार्यरत नेपालीहरुबाट भुकम्प पीडितलाई सहयोग

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख २५, २०७२

– उत्तम वि.क.
दुबई २४ बैशाख । भर्खरैमात्र नेपालमा गएको महाभुकम्पबाट पीडितहरुको लागि युएईका कार्यरत नेपालीहरुले राहत संकलन गरि पठाएको छ ।

11225989_484546735029561_1405255783_nयुएईको इनोक र इप्को कम्पनीमा कार्यरत नेपालीहरु नारायण पाठक, हरिकृष्ण खड्का, मनराम भुजेल, जीवन चौधरी, अतिस ताम्राकार, बुद्धलाल श्रेष्ठ, सुरेश बम तथा मिलन खड्का लगायतको विशेष पहलमा युएई दिहराम पाँच हजार नौ सय छत्तीस (ने.रु. एक लाख वैसठ्ठी हजार नौ सय छब्बीस) संकलन गरिएको थियो ।

उक्त रकम विवेकशील भुकम्प राहत केन्द्रको इन्भेष्टमेन्ट बैकमा रहेको खाता नं.०३८०१०४०२५१७४७ मा जम्मा गरिएको विवेकशील नेपाली, युएईका संयोजक सुजल श्रेष्ठले बताएका थिए । साथै उनले भुकम्प पीडित नेपालीहरुलाई अझै सक्दो सहयोग गर्ने बताएका छन् ।