कल्लेरीका अर्जुन भुजेलको मलेसियामा मृत्यू

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ६, २०७२

Kalleriधादिङ, बैशाख ६ । धादिङ कल्लेरी गाविस का अर्जुन भुजेलको मलेसियामा मृत्यू भएको छ । वैदेसिक रोजगारीको सिलसिलामा मलेसियाको कम्पनीमा कार्यरत भुजेल अचानक वेहोस हुँदा आइतबार बिहान मलेसियामा मृत्यू भएको हो ।
आफू बस्ने कोठाबाट बसमा चढेर साथीहरुसँगै काममा लागि कम्पनीमा पुगेका अर्जुन अचानक बेहोस भई ढलेपछि मृत्यू भएको थियो ।
धादिङको कल्लेरी–६ खरीढुंगाका पशुपति भुजेलका २३ वर्षीय छोरा अर्जुन भुजेलको मृत्यूको कारण भने खुल्न सकेको छैन । पूर्व जनमुक्ति समेत रहेका भुजेलले गत असारमा धादिङ नीलकण्ठ साँखुमा विवाह गरेका थिए ।