चलचित्र कोहिनुरलाई दुबईका दर्शकले पनि मन पराए

Avatar photo
Dhadingpost
शनिबार, बैशाख ५, २०७२

त्रिलोचन कोइराला – नेपाली चलचित्रको इतिहासको सफल चलचित्र कोहिनुरलाई दुबईका दर्शकले पनि अत्याधिक मन पराएर खचाखच दर्शकको माझ गोल्डेन सिनेमा हलमा अफिल १७ तारिक सफल प्रदर्शन भएको छ ।
डिजिटल प्रविधिबाट बनेका चलचित्रमा पहिलो पटक दुबईमा प्रदर्शन गरिएको कोहिनुर यूएइमा बहुप्रतिक्षित नेपाली चलचित्र थियो । चलचित्र प्रदर्शनको क्रममा स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठलाई श्रद्धाञ्जली अर्पण गरिने कार्यक्रम दर्शकको भीडका कारण मध्यान्तरमा मा मात्र गर्नु परेको आयोजकले बताएका छन ।
15041802KOHINUR (4)अतिथि कलाकार निर्माता निर्देशक दिपक खाडले संचालन गर्नु भएको श्रद्धाञ्जली कार्यक्रममा युएइका अधिकाम्श सस्थाका प्रतिनिधिको आतिथ्यमा युएइका लागि कोहिनुर चलचित्रका आधिकारिक वितरक सालिक सुबेदीको सभापतित्वमामा भएको थियो । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठलाई तस्बिरमा माल्यार्पण एबम उनको सम्झनामा मौनधारण गरेर श्रद्धाञ्जली अर्पण गर्दै औपचारिक कार्यक्रम गरिएको थियो । सभापतित्वको आशनबाट बोल्दै वितरक सालिक सुबेदीले कोहिनुर चलचित्रको सफलता संगै आगामी दिनमा क्रमश नेपाली चलचित्र युएइमा ल्याउने प्रतिबद्धता गरेका छन ।
युएइका लागि कोहिनुर चलचित्रका आधिकारिक वितरक एभरेष्ट इन्टरनेसनल कन्सल्टेनसीका प्रोपाइटर सालीक सुवेदीले रहेको थिए भने चलचित्रको प्रदर्शन ब्यबस्थापनको जिम्मा ग्लोबल ब्रिज कन्शलटेनटका प्रोपाइटर ज्ञानेन्द्र बहादुर कार्कीले लिएका थिए । अष्ट्रेलिया, मलेसिया, अमेरिका द कोरिया लगायतका देशमा प्रदर्शन गरिसके दुबईमा चलचित्र प्रदशनी भएको हो ।
चलचित्र हेरेर बाहिर निस्केका सबैले नेपाली दर्शकहरुले चलचित्र स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र भन्दा पनि स्तरीय चलचित्र बनेको प्रतिक्रिया दिएका थिए ।