नेपाल आज केन्या सँग भिड्दै

Avatar photo
Dhadingpost
शुक्रबार, माघ ९, २०७१

cricricri_final_finalमाघ ९ धादिङ । डिभिजन २ मा भिडिरहेका नेपालले आज आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन २ मा केन्यासँग भिड्दैछ ।
नामिबियामा जारी आजको खेलमा केन्यालाई हराउन सके सजिलै नेपाल एकमा पुग्नेछ भने पराजित भए अन्य टोलीको नतिजामा भर पर्नु
पर्नेछ । आजको खेल नेपाली समय अनुसार सवा १ बजे सुरुहुनेछ ।
डिभिजन एकमा पुगेपछि नेपालका लागि विश्वकप खेल्ने र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने ढोका खुल्नेछ । विश्वकप र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेल नखेले पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्रि केटमा कीर्तिमानको भने ओइरो लगाएका छन । नेपालले टीट्वेन्टी विश्वकपमा तीनवटा खेल खेलेको थियो ।
गत वर्ष बंगलादेशमा भएको टीट्वेन्टी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता पाएको थियो ।