कसरी पक्राउ परे,मलेसियामा १२० नेपाली कामदार ?

Avatar photo
Dhadingpost
सोमवार, पुस २८, २०७१

मलेसिया / काम गर्ने भनेर गएका नेपालीहरुनै पक्राउ परेका छन् । घटना हो मलेसियाको ।मलेसियाको क्वालालम्पुरस्थित नेपाली बहुल बजारमा क्षेत्रमा छापामार्ने क्रममा १२० जना नेपाली पक्राउ परेका हुन् ।

मलेसिया अध्यागमन बिभाग र प्रहरीको संयुक्त टोलीले उनिहरुलाई आइतबार कोताराया बजारमा पक्राउ गरेको जनाइएको छ । स्थानीय प्रहरीको अनुसार सो क्रममा १ हजार १ सय ९८ जना बिदेशी पनि पक्राउ परेका छन् ।

मलेसियाको द स्टार दैनिकका अनुसार यसरी पक्राउ परेकाहरुमध्ये २१५ जना अबैधानिक रहेका छन् । तीमध्ये १२० जना नेपाली रहेको र उनीहरुसँग कुनै कागजपत्र नरहेको समाचारमा उल्लेख गरीएको छ ।
स्थानीय प्रशासनका अनुसार‘पर्याप्त कागजात भएका ९८३ जनालाई साँझ नै रिहा गरिएको छ ।
यसरी पक्राउ पर्नेहरुमा म्यान्मार, बंगलादेश, इण्डानेसिया, फिलिपिन्स लगायतका मुलुकका कामदारहरु हुन् ।

मलेसिया सरकारले दिएको आममाफीको अबसर गत डिसेम्बर ३१ तारिखमा सकिएपछि त्यहाँ धरपकड तिब्र बनाइएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।