मलेसियाको जोहोरबारुमा राहदानी फाराम सङ्कलन केन्द्र स्थापना

Avatar photo
Dhadingpost
सोमवार, पुस २८, २०७१

मलेसिया । नेपाल सरकारले मलेसियाको जोहोरबारु राज्यको जोहोर क्षेत्रमा राहदानी फाराम सङ्कलन केन्द्र स्थापना गरेको छ । उक्त क्षेत्रमा दुईलाखभन्दा बढी नेपाली नागरिक कार्यरत रहेकाले उनीहरूलाई राहदानीलगायत सेवा प्रवाह गर्न केन्द्र स्थापना गरिएको हो ।

यसैवर्षको नोभेम्बर २४ पछि हस्तलिखित राहदानी मान्य नहुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको प्रावधानअनुसार यन्त्रले पढ्ने राहदानी ९एमआरपी० बनाउने प्रयोजनका लागि उक्त केन्द्र स्थापना गरिएको मलेसियाका लागि नेपाली राजदूत डा निरञ्जनमानसिंह बस्न्यातले क्लालालम्पुरबाट राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार हिजोदेखि उक्त केन्द्र सञ्चालनमा ल्याइएको छ । त्यहाँबाट राहदानी फाराम सङ्कलन तथा प्रमाणीकरण सेवा उपलब्ध गराइने छ ।