नीलकण्ठ नगरपालीकाले बजेट सार्वजनिक गर्दै

Avatar photo
Dhadingpost
मङ्लबार, पुस २२, २०७१

muni maap 2धादिङबेसी पुस २२ । नीलकण्ठ नगरपालीकाले आज बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्ने बताएको छ । नगरपालीका स्थापना भए देखि कास त्यस्तो विकास निर्माण गर्न नसकेको यस नगरपालिकाले कस्तो बजेट नीति ल्याउला सदरमुकाम धादिङबेसीमा देखिएको अस्तव्यततालाई कसरी सम्बोधन गर्ला चासोको विसय बनेको छ । दलिय भागबन्डामा हुँदै आएको विकास निर्माण प्रक्रियालाई नगरपालिकाले पनि निरन्तरता दिईएको बुझिएको छ । तर पनि नगरपालीका बने पछि यहाँका जनसमुदाएले आफु नगरबासी भएको महसुस गर्न सक्ने अनुभुति नभएको गुनासोलाई यो कार्यक्रममले सम्बोधन गर्ने नगरपालिका स्रोतले बतायो ।