बम विस्फोटमा परि एक महिलाको मृत्यु

Avatar photo
Dhadingpost
सोमवार, पुस १४, २०७१

बेङ्गलोर (भारत), १४ पुस,/ दक्षिण भारतीय सहर बङ्गलोरमा आइतबार अबेरराति एक रेष्टुराँन्टबाहिर भएको बम विस्फोटनमा परी एक महिलाको मृत्यु भएको छ ।

सो विस्फोटनमा परी अन्य दुई व्यक्ति घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । चर्च रोड क्षेत्रमा अवस्थित एक प्रख्यात रेष्टुराँन्टको बाहिर भएको सो विस्फोटमा एक महिलाको मृत्यु भएको जनाइएको छ ।

सो विस्फोटमा परी टाउकोमा चोट लागेकी एक ३८ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको बगङ्लोरका प्रहरी निरीक्षक एम.एन रेड्डील बताउनु भएको छ ।
chennai_blast
उक्त घटनाबाट घाइते भएका अन्य दुई व्यक्तिको पनि सोही अस्पतालमा उपचार भइरहेको पनि रेड्डीले समाचार दाताहरुलाई बताउनु भएको छ ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा भने लिएको छन । यद्यपि सदिग्ध दुई व्यक्तिलाई पक्राउ गरिएको जनाइएको छ ।

सन् २००८ मा भएको मुम्बाई आक्रमणपछि भारतमा सरकारी पक्षबाट आन्तरिक सुरक्षामा वृद्धिको प्रयास जारी राखेको बताइन्छ ।

सो मुम्बाई आक्रमणमा १० जना इस्लामिक बन्दुकधारीले मुम्बाईस्थित होटेल ताजलाई कब्जागरी १६६ व्यक्तिको हत्या गरेका थिए ।

तर विशेषज्ञहरुले भने आन्तरिक सुरक्षामा अझै पनि कमजोरी रहेको दाबी गर्ने गरेका छन् ।
बङ्गलोर सहरमा सन् २०१३ मा राज्य परिषद्को निर्वाचन अगाडि भएको बम विस्फोटमा ११ प्रहरीसहित १६ व्यक्ति घाइते भएका थिए । सो आक्रमणको पनि कुनै पनि समूहले जिम्मा लिएको थिएन । रासस/एएफपी