मलेसियामा एक नेपाली युवाको मृत्यु

Avatar photo
Dhadingpost
सोमवार, पुस १४, २०७१

मलेसिया, १४ पुस/ वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका खोटाङका एक युवाको सुतेकै ठाउँमा ज्यान गएको छ ।

जिल्लाको उत्तरी गाविस खार्मी वडा नं ५ का २० वर्षीय सञ्जीप राईको शनिबार राति सुतेकै ठाउँमा ज्यान गएको हो ।

बेलुकाको खाना खाएर सुतेका राई बिहान मृत फेला परेको सोही ठाउँमा कार्यरत तुलाराम तामाङले जानकारी दिए ।

दस महिनाअघि मलेसिया पुगेका राईको शव परीक्षणका लागि स्थानीय अस्पतालमा राखिएको छ ।
malesiya
मलेसियाको जोहरबारुस्थित इलेक्ट्रोनिक कम्पनीमा कार्यरत राई काठमाडौँको मोडेल इन्टरप्राइजेज कम्पनीबाट गत चैतमा मलेसिया पुगेका थिए ।
उनको के कारणले भएको हो भन्ने खुल्न बाँकी रहेको आफन्तले जनाएको छ ।