कतारमा हुन लागेको मेघा कन्सर्ट स्थगित

Avatar photo
Dhadingpost
सोमवार, पुस १४, २०७१

दोहा – कतारमा श्रमरत नेपालीलाई हँसाउन र नचाउन २ जनावरी शुक्रबार हुने भनिएको मेघा कन्सर्ट २ अनिश्चितकाल लागी स्थगित भएको छ ।

कतारमा कार्यक्रम आयोजना गर्न स्विकृती दिने एकमात्र निकाय बलदियाले स्विकृती नदिएपछि कार्यक्रम स्थगित गर्नुपरेको संयोजक कल्याण घिमिरेले जानकारी दिएका छन । उक्त कार्यक्रमका लागी नेपालबाट हांस्य कलाकार मनोज गजुरेल र नायिका केकी अधिकारी आउने कार्यक्रम तथ भएको थियो ।

सोलो इभेन्टस र सास क्रियसनको प्रस्तुतीमा हुन लागेको मेघा कन्सर्ट २ भोजपुरी उत्कृष्ट नृत्यगांना सिमा सिंह र डान्सर कनु मुखर्जी समेतले आफ्नो नृत्य प्रस्तुत गर्ने योजना थियो । डान्स, म्यूजिक र मस्ती नाम दिइएको कार्यक्रम निकट भबिष्यमा नै गर्ने तर बलदियाले कार्यक्रम आयोजन गर्न स्विकृती दिएपछि मात्रै मिती सार्बजनिक गरिने घिमिरेले बताएका हुन ।

नोकिया मोबाईलको कतारमा आधिकारिक बिक्रेता सिजिसी कम्पनीले मुख्य प्रायोजक रहने उक्त कार्यक्रममा नेपालका सदाबहार गायक प्रमोद खरेलले समेत आफ्ना गितहरुबाट दर्शकलाई भरपुर मनोरन्जन प्रदान तयारी थियो ।