पुस १७ गते प्रचण्ड धादिङबेसी आउने

Avatar photo
Dhadingpost
आइतवार, पुस १३, २०७१

Prachandaधादिङबेसी । घरेलु उद्योेग, कृषि जलश्रोत, पर्यटन प्रवद्र्धन, आर्थिक सम्बृद्धि हाम्रो अभियान भन्ने मुल नाराका साथ पौष ७ गते बाट सुरु गरिएको धादिङ महोत्सव समापन गर्न एमाओवादीका अध्यक्ष प्रचण्ड १७ गते धादिङ आउनु हुनुे भएको छ । ।
पौष ७ गते पूर्व प्रधान मन्त्री सेरबहादुर देउवाले उद्घाटन गरि सुरु गरिएको महोत्सवमा करिव १५ करोडको कारोवार हुने आयोजक संस्था धादिङ उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष चन्द्रकान्त अधिकारी वताउनु भयो ।
महोत्सवमा बिशेषगरी जिल्लाको कृषि जन्य उत्पादनलाई प्राथमिकता दिंदै जिल्ला कृषि विकास कार्यालय तथा कृषि क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाहरुले महोत्सव स्थल भित्र छुट्टै प्रतियोगितात्मक कृषि प्रदर्शनीको पनि आयोजना गरेका छन् ।