नेपाली फुटबल विकासको लागि कोरियामा कन्सर्ट

Avatar photo
Dhadingpost
आइतवार, मंसिर २८, २०७१

रमेश खावाजु, दक्षिण कोरिया /दक्षिण कोरियाको नया बर्ष सालनालमा राजधानी सउलमा नेपाली फुटवल विकासको लागि बृहत सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ ।
आउदो १९ फेव्रुअरी सालनालको दोश्रो दिन सउल स्थित केविएस स्पोर्टस कम्लेक्समा सेभ नेपाल फुटवल फाउन्डेसन नामक संस्थाले यो बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेका हुन् ।
हामी नेपाली नाम दिइएको उक्त कन्सर्टमा नेपालका चर्चित कलाकारहरु सुगम पोखरेल, इन्दिरा जोशी, १९७४ एडी ब्याण्ड, रामजी खाड, सम्झना लामिछाने मगर, परिना राई, आ आफ्नो प्रस्तुती देखाउनेछन् । कोरियाको थर थर मुटु कमाउने जाडोमा ’उघ्रेको चोली छ है, तैपनि लगाइन्छ’ भन्ने चर्चित गीतका गायिका इन्दिरा जोशी, भर्सताइल गायक सुगम पोखरेल, एड्रिन प्रधान, रामजी खाड लगायत अन्य कलाकारहरुले कोरियाका नेपाली दर्शकहरुलाइ तताउने अनि नचाउने धेरैले अनुमान गरेका छन् ।
प्रवेश शुल्क २५ हजार वन तोकिएको सो कन्सर्टलाइ कोरियाको यसलिंक, र टवकमले स्पोन्सर गरेको छ । यस कार्यकमबाट भएको नाफाले प्रतिभा भएका गरिब बालबालिकाहरुको लागि फुटबल प्रशिक्षणमा सहयोग गर्ने संस्थाले बताए ।
कार्यक्रममा २ महिना अघि ‘वल्र्ड चिल्ड्रेन प्राइज’ मा अनररी अवार्ड पाउनुभएकी समाजसेवी इन्दिरा रानामगर प्रमुख अतिथिको रुपमा उपस्थिति रहनेछ । समाजसेवी रानामगर विगत २० वर्षदेखि जेलमा रहेका बालबालिको शिक्षा र पालण पोषणका लागि काम गर्दै आएकी थिइन् । सो कार्यक्रममा नेपालका चर्चित फुटवल खेलाडी तथा नेपाल फुटवल फाउन्डेसनका उपाध्यक्ष सागर थापा समेत सहभागी हुनेछ ।
सेभ नेपाल फुटवल फाउन्डेसन संस्था १ बर्ष अघि नेपालमा प्रतिभा भएका असहाय, गरिब बालबालिकाहरुलाइ शिक्षा तथा फुटबलको प्रशिक्षण दिने उदेश्यले नेपालमा स्थापना गरिएको हो । संस्थाले हाल नेपालमा ७ जना असहाय बालबालिकाहरुलाइ शिक्षा तथा फुटबल प्रशिक्षण दिइरहेको संस्थाका अध्यक्ष आङ टेण्डी शेर्पाले बताए । हाल दक्षिण कोरियामा बसिरहेका शेर्पाले नेपाली फुटवल विकासको लागि कोरियामा सालनालमा हुने ’हामी नेपाली’ बृहत कन्सर्टमा सहभागी भइ दिनु हुन् कोरियाबासि नेपालीहरुमा अनुरोध गर्नु भएको छ ।