युएईको शारजाहमा एक नेपालीको मृत्यु

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर २३, २०७१

6143246ऋषिराम पाठक, दुबई । शारजाहको एक घरमा काम गर्दै आएका ५० वर्षिय दुर्गाप्रसाद तिम्सिनाको सुतेकै अवस्थामा डिसेम्बर ६ तारेखमा मृत्यु भएको छ ।
पाल्पा, चापपानी २, बजादी जुकियाका तिम्सिना पाँच वर्षअघि शारजाहस्थित एक मार्बल कम्पनीका मजदुरका रूपमा काम गर्न आएका थिए । तलव थोरै तलब भएका कारण उनी विगत केही समयअघिदेखि खल्लीबल्लीको अवस्थामा रहेको बुझिएको छ ।
शारजाह प्रहरीले निजको लास कुवेती अस्पतालमा लगेर अनुसन्धान गरिरहेको बताइएको छ । निजका चार छोरीमध्ये तीनको विवाह भएको र उक्त विवाहमा लागेको ऋण तिरिनसकेको उनका सहकर्मीहरूले बताएका छन् ।