साताको पहिलो दिन सुन तोलामा साढे तीन सय सस्तियो

Avatar photo
Dhadingpost
आइतवार, मंसिर २१, २०७१

काठमाडौ, मंसीर २१ – साताको पहिलो दिन आईतबार सुन तोलामा साढे तीन सय रुपैयाँ सस्तीएको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुन प्रति तोलाको ५१ हजार रुपैयाँ निर्धारण गरेको छ ।

यो गत शुक्रबारको तुलनामा तीन सय ५० रुपैयाँले सस्तो हो । शुक्रबार सुन तोलाको ५१ हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार भने सुन तोलामा ५० रुपैयाँ बढेको थियो ।

आइतबार चाँदी तोलामा १० रुपैयाँ सस्तो भएको छ ।
आइतबार चाँदी प्रतितोलाको सात सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रति तोलाको सात सय १० रुपैयाँमा कारोबार भएको थियो ।