पत्रकार महासंघ यूएईले दुतावास मार्फत सभामुखलाई स्मरणपत्र बुझायो

Avatar photo
Dhadingpost
आइतवार, मंसिर २१, २०७१

FNJUAE-Delegation-NepalEmabssy (20)हरि नेपाली, दुबई/नेपाल पत्रकार महासंघ युएईले युएईका लागि नेपाली राजदुत धनञ्जय झा मार्फत संविधानसभाका अध्यक्षलाई ८ माघ भित्र नै संविधान जारी गर्नको लागि स्मरण पत्र बुझाएको छ ।
‘नेपाली जनतासँग गरेको वाचा नतोडौं, २०७१ माघ ८ भित्रै संविधान निर्माण गरौं’ भन्ने नाराका साथ नेपाल पत्रकार महासंघले संचालन गरेको तीन महिने अभियानलाई समर्थन गर्दै यूएई शाखाले पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको हो ।
नेपाल पत्रकार महासंघका यूएई शाखाका अध्यक्ष अर्जुन दाहालको नेतृत्वमा गएको पत्रकारहरुको टोलीले गत ५ डिसेम्बर शुक्रबारका दिन राजदूत झाको कार्यकक्षमा उक्त स्मरण पत्र बुझाइएको थियो । उक्त टोलीमा शाखा सचिव लक्ष्मण खनाल, सहसचिव हरि नेपाली, कोषाध्यक्ष मेघराज सापकोटा, सदस्य शेखर चापागाईं, केन्द्रीय प्रतिनिधि भुपराज बस्याल र सल्लाहकार निमेष गिरी लगायतको रहेका थिए ।
महासंघको टोलीले गत १४ नोभेम्बर, २०१४ का दिन दुबईमा सम्पन्न ‘समयमा संबिधान प्रवासीको चाहना र हाम्रो अभियान’ विषयमा अन्तरक्रिया कार्यक्रमको गरेको जानकारी गराउँदै अन्तरक्रियाका सुझावहरुलाई ज्ञापनपत्रमा समेटेर राजदुत समक्ष बुझाएको थियो ।