धादिङका पर्यटन व्यवसायी गौलीलाई मातृ शोक

Avatar photo
Dhadingpost
साउन ११, २०७३

धादिङ त्रिपुरेश्वर साउन ११। लामो समय देखि धादिङबाट काठमाडौं गई पर्यटन व्यवसाय गर्दै आउनु भएका नवराज गौलीलाई मातृ शोक परेको छ ।

धादिङ जिल्ला त्रिपुरेश्वर – २ सुकौरा निवासी आउटफिटर टेक्स एण्ड एक्सपिडिशनका प्रबन्ध निर्देशक नमराज गौलीको आमा योगकुमारी गौलीको आँखुखोलामा आएको बाढीले बगाउँदा निधन भएको थियो ।

गत साउन २ गते खोला किनारमा दाउरा संकलनका लागि जानु भएकी योगकुमारीलाई अकस्मात खोलामा आएको बाढीले बगाउँदा मृत्यू भएको थियो ।

विहान मकै भाँचेर दाउरा खोज्न गएकी उनलाई सुकौरास्थित गैरी चौताराबाट बगाएको र उहाँको शव करीब दुई किलो मिटर तल गणेस्थान पारी पट्टी फेला परेको थियो । पर्यटन व्यवसायी नमराज गौली कान्छा छोरा हुन् भने जेठो छोरा वासु गौली हुन् र श्रीमान् मुनप्रसाद गौली हुन् ।