नेत्रावती डब्जोङमा सल्ले गोल्डकप फुटबल प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
मंसिर १, २०८३

धादिङ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका–४, सेल्लेमा आगामी पुस ४ गतेदेखि सल्ले गोल्डकप ७ ए साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

छ्योईलिङ युवा क्लबको आयोजनामा पुस ४ गतेदेखि ९ गतेसम्म सेल्ले पङ्टारमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । खेलकुदको विकास, स्वस्थ समाज निर्माण तथा आपसी भाइचारा र मित्रता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै, सेमिफाइनलमा पुग्ने प्रत्येक टोलीलाई १०/१० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन टोलीले ९ हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ । प्रत्येक टोलीमा ७ जना खेलाडीसहित ५ जना अतिरिक्त खेलाडी, १ जना टिम म्यानेजर र १ जना टिम कोच रहने व्यवस्था गरिएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, हाई स्कोरर र उत्कृष्ट डिफेन्डर विधामा समेत पुरस्कार प्रदान गरिनेछ ।

टोली दर्ता मंसिर २० गतेदेखि पुस १ गतेसम्म गर्न सकिनेछ । प्रतियोगिताको टाइसिट पुस २ गते दिउँसो २ बजे सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक फुटबल टोली तथा खेलाडीलाई आयोजकले सहभागिताका लागि आह्वान गरेको छ ।

थप जानकारी तथा टोली दर्ताका लागि सम्पर्क :

  • सञ्जीव तामाङ : ९७४९४२८६९८
  • सुदीप तामाङ : ९८६०५९७१३८
  • सोम तामाङ : ९७६१४१९७९०
  • सरोज तामाङ : ९७६७२४४५६५