देउवा पक्षीय कांग्रेसको नीलकण्ठ नगर सभापतिमा पदम पोखरेल चयन

Avatar photo
Dhadingpost
अशोज २०, २०८३

धादिङ । नेपाली कांग्रेसको देउवा पक्षले धादिङको नीलकण्ठ नगरपालिकाको नगर सभापतिमा पदमप्रसाद पोखरेललाई चयन गरेको छ ।

नीलकण्ठ नगरपालिकाको १५औँ नगर अधिवेशनबाट पोखरेल नगर सभापतिमा चयन भएका हुन् । सिटी हलमा सम्पन्न अधिवेशन नगर संयोजक कपिल भट्टको सभापतित्व तथा संयोजक गोपाल विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

अधिवेशनमा बागमती प्रदेशका सदस्य गोविन्द लम्साल, नेपाली कांग्रेसका पूर्व उपसभापति रामकृष्ण अधिकारी, क्षेत्र नं. २ प्रदेश (१) का संयोजक बालकृष्ण नेपाली, निवर्तमान जिल्ला सदस्य नारायण पोखरेल, केन्द्रीय विधान मस्यौदा समितिका सदस्य बामदेव अधिकारी, बागमती प्रदेश सदस्य डा. अमित सिंह कार्की, युवा नेता हरि अधिकारी, राम ढकाल, इन्जिनियर विनोद ढकाल, बसन्त परियार, विष्णु नेपाली लगायत नेताहरूको उपस्थिति रहेको थियो ।

अधिवेशनबाट उपसभापतिमा सरस्वती, सचिवमा भीमबहादुर मगर र सहसचिवमा चेतबहादुर थापा क्षेत्री चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा विष्णुप्रसाद पोख्रेल, भगवती ढकाल, साधुराम ढकाल, पूर्णमान बराइली, भक्तबहादुर श्रेष्ठ, शेरबहादुर थापा मगर र तुलबहादुर विक चयन भएका छन् ।

यससँगै नीलकण्ठ नगर कांग्रेसको देउवा पक्षीय नगर नेतृत्वले नयाँ कार्यसमिति पाएको छ ।