
धादिङ । नेपाली कांग्रेस धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा क्षेत्र नं. २(क) को सभापतिमा नीलकण्ठ नगरपालिका–८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ विजयी भएका छन् । यद्यपि, निर्वाचन समितिले परिणामको औपचारिक घोषणा गर्न बाँकी रहेको छ ।
प्राप्त मतपरिणामअनुसार श्रेष्ठले ५४७ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी इश्वर अर्यालले ३७६ मत प्राप्त गरेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाएपछि प्रकाश श्रेष्ठले भुँइकटहर चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले कांग्रेसका आधिकारिक उम्मेदवार रमेश कोइरालालाई ७९० मतान्तरले पराजित गर्दै नीलकण्ठ–८ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
त्यस्तै, प्रदेशसभा २(क) को उपसभापतिमा उद्धव सिलवाल विजयी भएका छन् । सिलवालले ५५३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पदम गुरुङले २८० मत प्राप्त गरेका छन् ।
सचिव पदमा होमबहादुर तामाङ विजयी भएका छन् । उनले ५३० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी जयराम घिमिरेले २६७ मत प्राप्त गरेका छन् ।
निर्वाचन समितिबाट औपचारिक रूपमा अन्तिम परिणाम घोषणा भएपछि पदाधिकारीको निर्वाचन परिणाम पूर्ण रूपमा सार्वजनिक हुनेछ ।
अन्तिम मत गणनाको सूची


