कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उठेका ४ जना वडा अध्यक्षमा विजयी

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ ३, २०७९

धादिङ । नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्रबाट चुनाव लडेका अहिले सम्म ४ जनाले चुनाव जिति सकेका छन् । स्वतन्त्र मध्य सबैभन्दा धेरै मतान्तरले नीलकण्ठ ८ बाट प्रकाश श्रेष्ठले जितेका छन् ।

नीलकण्ठ ८ मा स्वतन्त्रका प्रकाश श्रेष्ठ विजयी
भुँईकटर चुनाव चिन्ह लिएर चुनाव लडेका प्रकाश श्रेष्ठले कांग्रेसका उम्मेदवार रमेश कोईरालालाई ७९० मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । जम्मा खसेको २ हजार २८८ मा श्रेष्ठले ११५३ मत ल्याउँदा काँग्रेसका कोईरालाले ३६३, एमालेका उम्मेदवारले ४०२ र माओवादीका उम्मेदवार बद्री प्रसाद सुवेदीले १०० मत पाएका छन् ।

नीलकण्ठ ३ मा स्वतन्त्रबाट राजकुमार श्रेष्ठ विजयी
नीलकण्ठ नगरपालिका वडा नं ३ को अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारी दिएका ब्यवसायी राजकुमार श्रेष्ठ विजयी भएका छन् । गुलाब चिन्ह लिएर चुनावमा होमिएका श्रेष्ठले काँग्रेसको आधिकारिक उम्मेद्वारलाइ ७ सय १० मतको फराकिलो अन्तरले हराउदै विजयी बनेका हुन् । कुल २ हजार ८ सय ४१ मत खसेकोमा श्रेष्ठले १ हजार ३ सय ३९ मत ल्याउन सफल भए । उनका निकटतम् प्रतिद्धन्दी नेपाली काँग्रेसका गोपी कृष्ण भण्डारी ले ६ सय ३९ मत ल्याउदा नेकपा एमालेका किरण पाठकले २ सय ४१ मत र नेकपा माओवादीका नारायण कुमार श्रेष्ठले ३ सय ९५ मत पाए ।

ज्वालामुखी ४ मा स्वतन्त्रबाट कृष्णबहादुर श्रेष्ठ विजयी
धादिङको ज्वालामुखी गाउँपालिका ४ मा अत्याधिक मतान्तरमा स्वतन्त्रका उम्मेदवार कृष्ण बहादुर गुरुङ विजयी भएका छन् । नेपाली कांग्रेसले टिकट नदिए पछि स्वतन्त्रबाट उम्मेदवारी दिएका गुरुङ्ले ५०९ मत को फराकिलो अन्तरले विजयी भएका हुन् । उनी ११०३ मतले विजय हुँदा प्रतिस्पर्धी एमालेका रामबहादुर अर्यालले ५९४ मत र नेपाली कांग्रेसका कृष्णलाल श्रेष्ठले ५३९ मत ल्याएका थिए ।

धुनीबेसी ५ बाट स्वतन्त्रका विशाल भट्टराई विजयी
धुनिवेशी नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा स्वतन्त्रबाट विशाल भट्टराई ८ सय ८६ मत सहित वडा अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका कृष्णकुमार रेग्मीले ६ सय ७८ मत पाउँदा एमालेका उम्मेदवार बुद्धिराज घलेले १ सय ८१ मत र राप्रपाका उम्मेदवार भोटे राईले १८ मत ल्याएका छन् ।