धादिङ जिल्ला तेक्वान्दो संघ मार्फत बाढी प्रभावित गल्छीका खेलाडीलाई सहयोग

Avatar photo
Dhadingpost
अशोज १५, २०८३

धादिङ । भाद्र १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित धादिङ जिल्ला तेक्वान्दो संघअन्तर्गत गल्छी तेक्वान्दो डोजाङका १८ जना खेलाडीलाई विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग सामग्री उपलब्ध गराएका छन् ।

बाढीबाट प्रभावित खेलाडीहरूलाई धादिङ जिल्ला तेक्वान्दो संघले १८ थान ट्र्याकसुट, १८ वटा ब्याग, १८ वटा कपी, ४० वटा कलम र १२ वटा दोबोक उपलब्ध गराएको छ ।

त्यस्तै, संकटा क्लब काठमाडौंले विभिन्न साइजका २८ थान ब्ल्याङ्केट, ६ वटा तन्ना र ११ वटा गलैंचा सहयोग गरेको छ । लोकतान्त्रिक खेलकुद संघ केन्द्रीय समितिबाट १० थान प्रेसर कुकर, ८ वटा कराई, १० वटा टेन्ट, १८ वटा प्लास्टिक बाल्टी, १८ वटा स्कुल ब्याग, १८ जोर चप्पल, ६ जोर ट्र्याकसुट तथा साबुन, स्याम्पुलगायतका सामग्री सहयोग गरिएको छ ।

अनिता गार्मेन्ट नवलपरासीका प्रोप्राइटर नारायण थारूले ६ जोर दोबोक र ९ वटा टिसर्ट, काठमाडौं कपी उद्योगका प्रोप्राइटर तथा धुनीबेँसी–२ निवासी बसन्त भेट्वालले १८ दर्जन कपी र आर.जे. स्पोर्ट्सका प्रोप्राइटर तथा धुनीबेँसी–५ निवासी रमेश रुपाखेतीले १८ वटा टिसर्ट सहयोग गरेका छन् ।

उक्त सहयोग सामग्री लोकतान्त्रिक खेलकुद संघ केन्द्रीय समितिका महासचिव दीपक गुरुङ, धादिङ जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष विदुर बास्कोटा र गल्छी तेक्वान्दो डोजाङका प्रमुख सुब्बा श्रेष्ठको रोहवरमा खेलाडीहरूलाई वितरण गरिएको हो ।

खेलाडीहरूका लागि सामग्री खरिद गर्न धादिङ जिल्ला तेक्वान्दो संघमा आर्थिक सहयोग गर्नेहरूमा संघका अध्यक्ष रविन्द्र कुमार भुजेलले ५ हजार रुपैयाँ, उपाध्यक्ष विदुर बास्कोटाले ५ हजार, नेपाल तेक्वान्दोका केन्द्रीय सदस्य बब्लु सिवाकोटीले ५ हजार १ सय, हेका कन्स्ट्रक्सन एण्ड सप्लायर्सले ५ हजार, सुवास भट्टराईले ५ हजार, सूर्यशक्ति चिम्नी इँटा उद्योगले ५ हजार, बृहस्पति तेक्वान्दो डोजाङ भक्तपुरका विपुल श्रेष्ठले ४ हजार रुपैयाँ सहयोग गरेका छन् ।

त्यस्तै, धादिङ जिल्ला तेक्वान्दो संघका कोषाध्यक्ष धनबहादुर गुरुङले ३ हजार ४ सय ७०, सदस्य संजीव भुजेलले ३ हजार, सदस्य कृष्ण भुजेलले ३ हजार, सचिव मिलन कार्कीले ५ हजार ५ सय ५५, उपाध्यक्ष गौतम श्रेष्ठले ५ हजार, सदस्य बुद्ध मोहित परियारले ३ हजार, सदस्य सुजन पण्डितले ३ हजार तथा गल्छी तेक्वान्दो डोजाङका प्रमुख सुब्बा श्रेष्ठले ५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

बाढीबाट प्रभावित खेलाडीहरूलाई सहयोग जुटाउन पहल गर्ने धादिङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष रविन्द्र कुमार भुजेलसहित संघका पदाधिकारी तथा सदस्यहरू, धादिङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रमेशमान तुलाधर, लायन मार्शल आर्टका प्रमुख अनिल शाक्यलगायत सहयोगी सबैप्रति धन्यवाद व्यक्त गरिएको छ ।

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित खेलाडीहरूलाई खेलकुदसँगै दैनिक जीवनमा आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले सहयोग अभियान सञ्चालन गरिएको धादिङ जिल्ला तेक्वान्दो संघले जनाएको छ ।