
धादिङ । ज्वालामुखी गाउँपालिका–३, मैदीकोटमा चौथो खड्गदेवी भलिबल कप तथा सांस्कृतिक कार्यक्रम–२०८३ आयोजना हुने भएको छ ।
खड्गदेवी युवा क्लबको आयोजनामा आगामी २०८३ असोज ३१ गतेदेखि कार्तिक ३ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा ज्वालामुखी गाउँपालिकाभित्र रहेका क्लबहरूले मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी प्रत्येक टिममा ९ जना खेलाडी, १ जना कोच र १ जना म्यानेजर गरी ११ जना रहनेछन् । टिमले असोज २५ गतेभित्र अनिवार्य रूपमा दर्ता गरिसक्नुपर्नेछ। टिम दर्ता शुल्क ५ हजार रुपैयाँ तोकिएको छ ।
टिम दर्ताका क्रममा ९ जना खेलाडी, कोच र म्यानेजरको आवश्यक विवरण आयोजकलाई उपलब्ध गराउनुपर्नेछ । सहभागी खेलाडीले ज्वालामुखी गाउँपालिकाभित्रको सम्बन्धित क्लबको प्रतिनिधित्व गरेको हुनुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने टिमले २५ हजार रुपैयाँ तथा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने तेस्रो हुने टिमले १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै, उत्कृष्ट खेलाडी तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
स्थान : ज्वालामुखी–३, मैदीकोट, धादिङ
प्रतियोगिता : २०८३ असोज ३१ गतेदेखि कार्तिक ३ गतेसम्म
टिम दर्ताको अन्तिम मिति : २०८३ असोज २५ गते
दर्ता शुल्क : रु. ५,०००
