
धादिङ । नेपाली कांग्रेस धादिङको वडा अधिवेशनअन्तर्गत सिद्धलेक गाउँपालिकाका सातवटै वडामा वडा सभापति र वडा कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।
पालिका सभापति रामशरण गिरीका अनुसार सोमबार सम्पन्न वडा अधिवेशनबाट सिद्धलेकका सबै सात वडामा सहमतिमै वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन गरिएको हो ।
सिद्धलेक गाउँपालिकामा निर्वाचित वडा सभापतिहरूमा वडा नं. १ मा गोपी अर्याल, वडा नं. २ मा गोविन्द खनाल, वडा नं. ३ मा ठाकुर आले, वडा नं. ४ मा राम सेढाई, वडा नं. ५ मा अशोक श्रेष्ठ, वडा नं. ६ मा पुरुषोत्तम अधिकारी र वडा नं. ७ मा राजेन्द्र घले चयन भएका छन् ।
त्यस्तै, नेपाली कांग्रेस सिद्धलेकका सातवटै वडाबाट २०४ जना क्षेत्रीय प्रतिनिधि समेत चयन भएका छन् ।
पालिका सभापति गिरीका अनुसार वडा अधिवेशनका क्रममा सबै वडामा सहमतिमै नेतृत्व र प्रतिनिधि चयन भएको हो ।
