
धादिङ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) को महासचिवमा धादिङका युवा अभियन्ता दिवाकर अर्याल चयन भएका छन् ।
‘ग्लोब युथ पार्लियमेन्ट’का संस्थापकसमेत रहेका अर्याल नेपाली कांग्रेस छाडेर उज्यालो नेपाल पार्टीमा प्रवेश गर्दै महासचिवको जिम्मेवारीमा चयन भएका हुन् ।
अर्याल महासचिव बनेसँगै उज्यालो नेपाल पार्टीमा महासचिवको संख्या दुई पुगेको छ । यसअघि पार्टी अध्यक्ष कुलमान घिसिङले धर्म चौधरीलाई महासचिवको जिम्मेवारी दिएका थिए ।
अर्यालसँगै कैलाश श्रेष्ठ, सुशील कार्की, कृष्ण रेउले, कालीप्रसाद चटौत, विष्णु पराजुली र दुर्गा अर्याललगायत पनि उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन् ।
युवा अभियान तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका अर्यालको पार्टी प्रवेशसँगै धादिङबाट उज्यालो नेपाल पार्टीमा उनको भूमिकालाई चासोका साथ हेरिएको छ ।
