मण्डली फ्रुट सेन्टरद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार सहयोग

Avatar photo
Dhadingpost
भदौ १३, २०८३

धादिङ । मण्डली फ्रुट सेन्टरले बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

धादिङको साङ्कोस निवासी पुरुषोत्तम घिमिरेले मण्डली फ्रुट सेन्टरका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार रुपैयाँ जम्मा गरेका हुन् । पछिल्लो समय बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो ।

घिमिरे काठमाडौंको कुलेश्वरस्थित मण्डली फ्रुट सेन्टर तथा धादिङमा रहेको मण्डली फ्रुट एन्ड भेजिटेबल सप्लायर्सका सञ्चालकसमेत हुन् ।

सामाजिक गतिविधिमा सक्रिय घिमिरे सामाजिक अभियन्ताका रूपमा समेत परिचित छन् । विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्नुपर्ने दायित्व महसुस गर्दै आफूले सहयोग गरेको उनले बताएका छन् ।

मण्डली फ्रुट सेन्टरको यो सहयोगले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा केही भए पनि योगदान पुग्ने अपेक्षा गरिएको छ ।