अन्तर्राष्ट्रिय धादिङ समाजले बाढीपीडितका लागि २५ लाख सहयोग गर्ने

Avatar photo
Dhadingpost
भदौ ११, २०८३

धादिङ अन्तर्राष्ट्रिय धादिङ समाजले बाढीपहिरो प्रभावित तथा पीडित परिवारको राहतका लागि २५ लाख रुपैयाँ सहयोग संकलन गर्ने लक्ष्य लिएको छ ।

समाजका अध्यक्ष राजन खकुरालका अनुसार आपत्कालीन कार्यसमितिको बैठक सम्पन्न भएसँगै विपद्मा प्रभावित नागरिकलाई सहयोग गर्ने निर्णय गरिएको हो । बैठकले विश्वभर रहेका धादिङवासी तथा नेपाली समुदायलाई सहयोगका लागि अपिल गर्दै २५ लाख रुपैयाँ बराबरको राहत सहयोग जुटाउने लक्ष्य निर्धारण गरेको छ ।

समाजले जारी गरेको अपिलमा तिब्बतबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै पीडित परिवारप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

विपद्को यस घडीमा विश्वभर रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, संघ–संस्था तथा सहयोगी मनहरूलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न समाजले अपिल गरेको छ ।

समाजले संकलन हुने सम्पूर्ण सहयोग सीधै राहत कार्यमा खर्च गर्ने जनाएको छ । सहयोग गर्न चाहनेहरूले समाजको Sanima Bank मा रहेको “International Society of Dhading” नामको खातामा रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ ।

खाता विवरण:
Account Name: INTERNATIONAL SOCIETY OF DHADING
Bank: Sanima Bank
Account Number: 004010010002725
लक्ष्य रकम: रु. २५,००,०००

अध्यक्ष खकुरालले विपद्को समयमा धादिङवासीहरू एकजुट भएर प्रभावित नागरिकको साथमा उभिनुपर्ने बताउँदै सक्दो सहयोग र पहलका लागि सबैमा आग्रह गरेका छन् ।

“विपद्मा धादिङ समाज सँगै उभिने” प्रतिबद्धतासहित समाजले स्थानीय समन्वयमार्फत प्रभावित समुदायसम्म राहत पुर्‍याउने लक्ष्य राखेको जनाएको छ।