
धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका–५, खरी छघर निवासी ३० वर्षीया रूपा धमला अधिकारीलाई रेक्टो–सिग्मोइड क्यान्सर (Adenocarcinoma) पुष्टि भएपछि उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ ।
हाल भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत अधिकारीलाई चिकित्सा परीक्षणका क्रममा High recto-sigmoid carcinoma देखिएको हो । चिकित्सकको सल्लाहअनुसार उहाँको थप उपचारमा केमोथेरापी, शल्यक्रिया लगायतका प्रक्रिया आवश्यक पर्ने भएकाले परिवार आर्थिक समस्यामा परेको जनाएको छ ।
उपचारका क्रममा गरिएका विभिन्न परीक्षणबाट क्यान्सर पुष्टि भएको परिवारले जनाएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १९ मे २०२६ मा गरिएको MRI रिपोर्टमा High recto-sigmoid carcinoma with peritoneal reflection involvement उल्लेख छ ।
त्यस्तै, कुण्डलिनी डायग्नोस्टिक सेन्टरमा ३ जुन २०२६ मा गरिएको PET-CT रिपोर्टमा Primary tumor along with pararectal nodes metastasis देखिएको छ । Histopathology रिपोर्टमा भने Adenocarcinoma, moderately differentiated पुष्टि भएको उल्लेख छ ।
हालसम्मको उपचारमा ठूलो रकम खर्च भइसकेको र अब पनि खर्चिलो उपचार आवश्यक पर्ने भएकाले परिवारले सहयोगका लागि आफन्त, साथीभाइ, शुभेच्छुक तथा सहयोगी मनहरूसमक्ष अपिल गरेको हो ।
परिवारका अनुसार सहयोग रकम सानो वा ठूलोभन्दा पनि कठिन अवस्थामा प्राप्त हुने साथ र हौसला महत्वपूर्ण हुनेछ । इच्छुक सहयोगीहरूले आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गरी रूपाको उपचारमा साथ दिन परिवारले आग्रह गरेको छ ।
सहयोगका लागि बैंक विवरण
बैंक: लक्ष्मी सनराइज बैंक
खातावालाको नाम: Rupa Dhamala Adhikari
खाता नम्बर: 01020134906
SWIFT Code: LSNBNPKA
सम्पर्क
श्रीमान् रमेश अधिकारी
फोन: ९८६१९२८१०४
परिवारले रूपा धमला अधिकारीको उपचारमा सहयोग गरिदिन सम्पूर्ण आफन्तजन, साथीभाइ, शुभेच्छुक तथा सहयोगी मनहरूमा हार्दिक अपिल गरेको छ।
सानो सहयोगले पनि क्यान्सरसँग संघर्ष गरिरहेकी रूपाको उपचारमा ठूलो आशा र हौसला थप्न सक्ने परिवारको विश्वास छ ।
