रविन बिडारीको पहलमा मिर्गौला पीडित थाक्रेका नारायण बिडारीलाई २ लाख २५ हजार सहयोग

Avatar photo
Dhadingpost
भदौ ८, २०८३

धादिङ । दुवै मिर्गौला फेल भई मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका धादिङको थाक्रे गाउँपालिका–१० निवासी नारायण प्रसाद बिडारीको उपचारका लागि अमेरिकाबाट २ लाख २५ हजार १०० रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ ।

उपचारका लागि आर्थिक सहयोग जुटाउने अभियान रविन बिडारीको पहलमा सञ्चालन गरिएको थियो । विभिन्न व्यक्तिहरूबाट संकलित रकम बिरामी नारायण प्रसाद बिडारीको बैंक खातामा पठाइसकिएको जनाइएको छ ।

सहयोग संकलनमा रविन बिडारीसहित अमेरिकामा रहेका नेपालीहरूले योगदान गरेका छन् । सहयोग गर्नेहरूमा हरी गिरी, अर्जुन बोगटी, कुमार घले, दिपेन्द्र बुधाथोकी, रमन श्रेष्ठ, राज गुरुङ, टक रुवाली, गणेश लामिछाने, गंगा बिडारी, सागर अधिकारी, राम मल्ल ठकुरी, ओम विश्वकर्मा, भक्त गुरुङ, देवेन्द्र गिरी, विवेक बज्राचार्य, नवीन रिजाल, दिवाकर पाण्डे, सन्दिप धरेल, संगम खड्का, बसु लामिछाने, श्रीराम खडिवडा, ज्ञान घले र एलन तामाङ लगायत रहेका छन् ।

सहयोग संकलनको नेतृत्व गरेका रविन बिडारी NRNA NCC-USA, New York Chapter का खेलकुद संयोजक तथा धादिङ नेपाली समाज अमेरिकाका युवा तथा खेलकुद संयोजक समेत हुन् ।

दुवै मिर्गौला फेल भएपछि उपचार तथा मिर्गौला प्रत्यारोपणका लागि ठूलो रकम आवश्यक पर्ने अवस्थामा सहयोग संकलन अभियानमार्फत प्राप्त रकमले बिरामीको उपचारमा केही राहत पुग्ने अपेक्षा गरिएको छ ।

सहयोग गर्नेहरूको विवरण

  1. Rabin Bidari — $151
  2. Hari Giri — $51
  3. Arjun Bogati — $101
  4. Kumar Ghale — $101
  5. Dipendra Budhathoki — $101
  6. Raman Shrestha — $55
  7. Raj Gurung — $55
  8. Tak Ruwali — $51
  9. Ganesh Lamsal — $55
  10. Ganga Bdr — $51
  11. Sagar Adhikari — $100
  12. Ram Malla Thakuri — $55
  13. Om Bishwokarma — $51
  14. Bhakta Gurung — $51
  15. Debendra Giri — $51
  16. Bibek Bjrcya — $51
  17. Nabin Rijal — $51
  18. Diwakar Pandey — $50
    19.Sandip Dharel-$51
    20.sangam khadka $51
    21.basu lamichhane $51
    22.Shreeram khatiwada $55
    23.Gyan Ghale $51
    24.Elan Tamang $51