अमेरिकामा धादिङ नेपाली समाजको समर पिकनिक, ४ सयभन्दा बढी सहभागी हुने

Avatar photo
Dhadingpost
साउन २८, २०८३

न्यूयोर्क । धादिङ नेपाली समाज अमेरिका इन्कले आगामी अगस्ट १६, २०२६ (आइतबार) अमेरिकाको न्यूयोर्कमा Summer BBQ & Picnic 2026 आयोजना गर्ने भएको छ ।

न्यूयोर्कस्थित Flushing Meadows Corona Park (North Meadow Lake), Queens मा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म पिकनिक तथा BBQ कार्यक्रम आयोजना गर्न लागिएको हो ।

धादिङ नेपाली समाज अमेरिकाका महासचिव हरि गिरीका अनुसार संस्थामा हाल करिब ७५० सदस्य छन् । आगामी समर BBQ तथा पिकनिकमा ४ सयभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ ।

अमेरिकामा रहेका धादिङेली तथा उनीहरूका परिवारबीच भेटघाट, आपसी सम्बन्ध विस्तार र मनोरञ्जनका लागि कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

पिकनिक निःशुल्क, र्‍याफलका लागि २० डलर

आयोजकका अनुसार पिकनिकमा सहभागी हुन कुनै शुल्क लाग्ने छैन । सहभागीका लागि BBQ, खानपान, बसाइ तथा बालबालिकाका गतिविधिको व्यवस्थापन गर्न RSVP/Registration मार्फत सहभागीको संख्या अनुमान गर्न लागिएको छ ।

कार्यक्रममा सहभागी हुन चाहनेहरूले पूर्वदर्ता गर्न सक्नेछन् । र्‍याफलमा सहभागी हुन भने २० अमेरिकी डलर शुल्क निर्धारण गरिएको छ ।

RSVP/Registration Form:
दर्ता फारम हेर्नुहोस्

कार्यक्रममा धादिङेली समुदायका सदस्य तथा उनीहरूका परिवारको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

कहाँ र कहिले ?

📅 मिति: अगस्ट १६, २०२६, आइतबार
🕚 समय: बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म
📍 स्थान: Flushing Meadows Corona Park (North Meadow Lake), Queens, New York 11368
🎟️ पिकनिक: निःशुल्क
🎫 र्‍याफल: २० अमेरिकी डलर

धादिङ नेपाली समाज अमेरिकाले कार्यक्रमलाई व्यवस्थित बनाउन खानपान, बसाइ, बालबालिकाका गतिविधि तथा अन्य व्यवस्थापनका लागि RSVP/Registration गर्न आग्रह गरेको छ।