रास्वपा धादिङले युवा दिवसमा सप्ताहव्यापी कार्यक्रम गर्ने

Avatar photo
Dhadingpost
साउन २५, २०८३

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रम गर्ने भएको छ।

रास्वपा धादिङ जिल्ला कार्यालयले सार्वजनिक गरेको कार्यक्रम तालिकाअनुसार युवासँग सम्बन्धित अन्तरक्रिया, रक्तदान, वृक्षारोपण तथा ज्येष्ठ नागरिक सम्मानलगायतका कार्यक्रम आयोजना गर्न लागिएको हो।

जिल्ला कार्यसमिति सदस्य मिलन डल्लाकोटीका अनुसार साउन २७ गते युवा मनोपरामर्श तथा मानसिक स्वास्थ्य सम्बन्धी अन्तरक्रियासांसदहरूसँग युवा अन्तरक्रिया आयोजना गरिनेछ। दुवै कार्यक्रम होटल जनजीविकामा हुने जनाइएको छ।

त्यस्तै, साउन ३० गते धुनीबेँसी नगरपालिकामा बृहत् रक्तदान कार्यक्रम आयोजना हुनेछ। सोही दिन सिद्धलेक गाउँपालिका–२ मा फलफूलका बिरुवा रोपणसहित वृक्षारोपण कार्यक्रम गर्ने तालिका छ।

साउन ३१ गते गजुरी गाउँपालिकामा वृक्षारोपण कार्यक्रम आयोजना गरिनेछ भने सोही दिन बेनिघाट रोराङ गाउँपालिकामा युवाद्वारा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन गरिने रास्वपा धादिङले जनाएको छ।

रास्वपा धादिङले जिल्ला समिति सदस्य तथा पदाधिकारी, क्षेत्रीय समिति, पालिका समिति, वडा समिति, पार्टी सदस्य तथा समर्थक–शुभेच्छुकहरूलाई निर्धारित कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन अनुरोध गरेको छ।

कार्यक्रम तालिका

मितिकार्यक्रमस्थान
२०८३/०४/२७युवा मनोपरामर्श तथा मानसिक स्वास्थ्य सम्बन्धी अन्तरक्रियाहोटल जनजीविका
२०८३/०४/२७सांसदहरूसँग युवा अन्तरक्रियाहोटल जनजीविका
२०८३/०४/३०बृहत् रक्तदान कार्यक्रमधुनीबेँसी नगरपालिका
२०८३/०४/३०वृक्षारोपण कार्यक्रम (फलफूल)सिद्धलेक गाउँपालिका
२०८३/०४/३१वृक्षारोपण कार्यक्रमगजुरी गाउँपालिका
२०८३/०४/३१युवाद्वारा ज्येष्ठ नागरिक सम्मान कार्यक्रमबेनिघाट रोराङ गाउँपालिका