भ्वाइस अफ एडभान्स–२०८३ सम्पन्न, चार समूहमा चार विद्यार्थी बने च्याम्पियन

Avatar photo
Dhadingpost
साउन २४, २०८३

धादिङ । धादिङ जिल्लाकै उत्कृष्ट विद्यालयका रूपमा परिचित एडभान्स एकेडेमीले विद्यार्थीमा लुकेर रहेका प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गर्दै आएको ‘भ्वाइस अफ एडभान्स–२०८३’ सम्पन्न भएको छ ।

विद्यालयमा आज सम्पन्न फाइनल राउन्डमा विभिन्न उमेर समूहका विद्यार्थीहरूले उत्साहपूर्वक प्रतिस्पर्धा गरेका थिए
प्रतियोगिताअन्तर्गत कक्षा ७ देखि ९ सम्मको समूहमा सपना सुनुवार प्रथम हुँदै ‘भ्वाइस अफ एडभान्स’को उपाधि जित्न सफल भएकी छन् । त्यस्तै कक्षा ५ देखि ६ सम्मको समूहमा एन्जिला तुलसिङ मगर, कक्षा ३ देखि ४ सम्मको समूहमा दिपा श्रेष्ठ र कक्षा १ देखि २ सम्मको समूहमा शीतल बयालकोटी च्याम्पियन बन्न सफल भएका छन् ।

यस वर्षको ‘भ्वाइस अफ एडभान्स’मा विद्यालयका विभिन्न कक्षाबाट १०८ जना विद्यार्थीले सहभागिता जनाएका थिए विभिन्न चरण पार गर्दै फाइनल राउन्डमा २० जना विद्यार्थीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको निर्णायक मण्डलमा धादिङका प्रख्यात गायक तथा लेखक लालकाजी श्रेष्ठ रहेका थिए उनले विद्यार्थीहरूको गायन प्रतिभा, प्रस्तुति, सुर, ताल तथा समग्र प्रस्तुतिका आधारमा मूल्याङ्कन गरेका थिए ।

फाइनलमा विजयी विद्यार्थीहरूलाई एडभान्स एकेडेमीका संस्थापक अध्यक्ष अर्जुनकुमार श्रेष्ठ, प्रिन्सिपल भीमबहादुर श्रेष्ठ तथा निर्णायक लालकाजी श्रेष्ठले मेडल तथा ट्रफी प्रदान गरी सम्मान गरेका थिए ।

एडभान्स एकेडेमीले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा र क्षमतालाई प्रस्फुटन गराउने उद्देश्यले ‘भ्वाइस अफ एडभान्स’ आयोजना गर्दै आएको विद्यालयले जनाएको छ । विद्यार्थीभित्र लुकेर रहेका प्रतिभा तथा क्षमतालाई उजागर गर्दै उनीहरूलाई आत्मविश्वासी, सिर्जनशील र उत्कृष्ट बनाउन विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

पढाइसँगै विद्यार्थीको सर्वाङ्गीण विकास र प्रतिभा पहिचानलाई प्राथमिकता दिँदै एडभान्स एकेडेमीले गायन, नृत्य, खेलकुद, कला, वक्तृत्वलगायत विभिन्न अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको छ ।

पढाइसँगै विद्यार्थीको सर्वाङ्गीण विकास र प्रतिभा पहिचानलाई प्राथमिकता दिँदै एडभान्स एकेडेमीले गायन, नृत्य, खेलकुद, कला, वक्तृत्वलगायत विभिन्न अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको छ ।

विद्यालयका संस्थापक अध्यक्ष, प्रिन्सिपल तथा सम्पूर्ण शिक्षक–कर्मचारीहरू विद्यार्थीको क्षमता विकास र उत्कृष्ट भविष्य निर्माणका लागि निरन्तर प्रतिबद्ध रहेको विद्यालयले जनाएको छ ।

‘प्रतिभा लुकेर होइन, अवसर पाएर चम्किन्छ’ भन्ने भावनाका साथ सम्पन्न ‘भ्वाइस अफ एडभान्स–२०८३’ ले विद्यार्थीहरूमा थप आत्मविश्वास, उत्साह र सिर्जनशीलताको विकास गराएको छ ।