
धादिङ । शिक्षक सेवा आयोगले प्राथमिक तह, द्वितीय श्रेणी अन्तर्गत धादिङ जिल्लाका लागि ११ जना शिक्षक द्वितीय तहमा बढुवा भएका छन् ।
बढुवा हुनेमा हरि प्रसाद अधिकारी, रामप्रसाद रिजाल, हरिबहादुर राई, रामकृष्ण ढकाल, शम्भु प्रसाद नेपाल, रवि विक्रम ठकुरी, नागेन्द्र प्रसाद रिसाल, राममाया थापा, काजिमान श्रेष्ठ, राजेन्द्र राज पाठक र वर्षिराम तामाङ रहेका छन् ।
शिक्षक सेवा आयोगले सार्वजनिक गरेको नतिजा अनुसार प्राथमिक तह, द्वितीय श्रेणी अन्तर्गत सिन्धुलीमा २५ जना, ललितपुरमा ७ जना, सुर्खेत जिल्लामा ४ जना छनोट भएका छन् ।
