नीलकण्ठ बालमन्दिरको लगातार उत्कृष्ट नतिजा, ४ जनाले ल्याए ४ जिपिए

Avatar photo
Dhadingpost
बैशाख २९, २०८३

धादिङ । धादिङबेसीस्थित नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै चार जना विद्यार्थीले ४.०० जिपिए ल्याउन सफल भएका छन् ।

विद्यालयले पछिल्ला केही वर्षदेखि शैक्षिक सुधारलाई प्राथमिकतामा राख्दै आएकोमा यस वर्षको नतिजाले सामुदायिक विद्यालय पनि गुणस्तरीय शिक्षामा अब्बल बन्न सक्ने सन्देश दिएको छ ।

विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद रिजाल का अनुसार यस वर्ष विपिषा सुवेदी, दिप्सन छत्कुली, नविना श्रेष्ठ र प्रशंसा गुरुङले ४.०० जिपिए प्राप्त गरेका हुन् । गत वर्ष पनि यही विद्यालयकी सन्ध्या तिमल्सिनाले ४ जिपिए ल्याएकी थिइन् ।

विद्यालयले सार्वजनिक गरेको नतिजाअनुसार ३.६ भन्दा माथि जिपिए ल्याउने विद्यार्थी संख्या ४७ रहेको छ भने ३.२ देखि ३.६ सम्म ६९ जना विद्यार्थी रहेका छन् । त्यसैगरी २.८ देखि ३.२ सम्म ८१ जना, २.४ भन्दा माथि ५३ जना तथा २ भन्दा माथि १ जना विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयको कुल उत्तीर्ण प्रतिशत ८२.०८ रहेको जनाएको छ ।