
धादिङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले धादिङका ९ जना नेताको जिम्मेवारी हेरफेर गरेको छ । दुई साता अघि सम्पन्न केन्द्रीय संयोजन समितिको बैठकले प्रस्तावित जिम्मेवारी अनुमोदन गर्दै विभिन्न विभाग, जनवर्गीय संगठन तथा प्रदेशस्तरीय जिम्मेवारी टुंगो लगाएको हो ।
बैठकबाट धादिङका नेता राजेन्द्रप्रसाद पाण्डेलाई जनवर्गीय संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ भने विष्णुपुकार श्रेष्ठलाई प्रमुख निर्वाचन आयोगको जिम्मेवारी प्रदान गरिएको छ ।
त्यस्तै, पुष्पविक्रम मल्ल पर्यटन विभाग प्रमुख, मोहनबहादुर कार्की पेशागत संगठन विभाग उपप्रमुख तथा गंगालाल तुलाधर बागमती प्रदेश इञ्चार्ज चयन हुनुभएको छ।
शालिकराम जम्कट्टेललाई बागमती प्रदेश सह–इञ्चार्ज, रामबहादुर भण्डारीलाई सहिद प्रतिष्ठानको सह–इञ्चार्ज तथा जगतबहादुर सिंखडालाई उपत्यका प्रदेश सह–संयोजकको जिम्मेवारी दिइएको छ।
यस्तै, अन्जन थापालाई पर्यटन विभाग उपप्रमुखको जिम्मेवारी प्रदान गरिएको जनाइएको छ ।
नेकपाको उक्त बैठकले विभाग, जनसंगठन, मोर्चा, प्रदेशलगायत विभिन्न ४८ वटा जनवर्गीय संगठनको नेतृत्वसमेत टुंगो लगाएको जनाएको छ ।
