नयाँ बसपार्कबाट मात्रै धादिङका बस छुट्ने, टिकट पनि उतैबाट

Avatar photo
Dhadingpost
बैशाख १६, २०८३

धादिङ । काठमाडौंबाट धादिङ जाने यात्रुका लागि अब बस सेवा नयाँ बसपार्क केन्द्रित हुने भएको छ। ग्रामिण यातायात धादिङ प्रालिले अबदेखि आफ्ना बसहरू नयाँ बसपार्कबाट मात्रै छुट्ने र टिकटको व्यवस्था पनि सोही स्थानबाट गरिने जनाएको छ।

अध्यक्ष राजेन्द्र अधिकारीका अनुसार, अहिले पनि धेरै यात्रुहरू टिकट काट्न माछापोखरी पुग्ने गरेको जानकारी आएकोले अब त्यसो नगरी सिधै नयाँ बसपार्कमा पुगेर टिकट लिन अनुरोध गरिएको छ। यात्रुको सहजताका लागि माछापोखरी क्षेत्रमा कर्मचारी राखिएको भए पनि बस छुट्ने स्थान भने नयाँ बसपार्क नै रहने उनले स्पष्ट पारे।

काठमाडौंबाट धादिङबेसी हुँदै गाउँ–गाउँसम्म यातायात सेवा सञ्चालन गर्दै आएको यस प्रालिले अब टिकट व्यवस्थापनलाई व्यवस्थित बनाउन नयाँ बसपार्कलाई प्राथमिकता दिएको जनाएको छ।

साथै, यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै अनलाइन टिकट बुकिङको समेत व्यवस्था गरिएको छ। थप जानकारी तथा टिकट सेवाका लागि सम्पर्क नम्बर धादिङबेसी ०१०–५२१३६६ र काठमाडौं लागि ०१–४९५९००७ तथा ९८६१२४३२८१ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।